Sun. Apr 28th, 2024

काठमाडाैँ । इराकले नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि निम्तो गरेको छ । एन्फाले दिएको जानकारी अनुसार नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तय समेत भएको छ ।
नेपाल र इराकबीच आगामी मे २९ तारिखमा उक्त खेल हुने तय भएको छ । उक्त खेल बार्सा अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।
यसभन्दा अगाडी नेपाल र इराक तीन पटक भेट भएको छ । जसमध्ये सबै खेलमा नेपालले इराकसँग पराजय व्यहोरेको छ ।
नेपाल र इराकबीच पछिल्लो खेल सन् २००१ मा भएको थियो । विश्वकप छनाैट अन्तर्गत भएको उक्त खेलमा इराकले नेपाललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
विश्व बरियतामा इराक ६८ र नेपाल १७१ स्थानमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: