Fri. Mar 29th, 2024

काठमाडाैँ । फिल्म ‘आँधी तुफान–२’को सुटिङ रोकिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागु गरिएको एक हप्ते निषेधाज्ञासँगै फिल्मको छायाँकन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
फिल्मका निर्देशक मदन घिमिरेका अनुसार यो हप्ताभरी फिल्मको सुटिङ रोकिनेछ र अर्को हप्ताबाट निषेधाज्ञा समाप्त भए फिल्म पुनः सुटिघमा जाने तयारी भइरहेको छ । अहिलेसम्म उक्त फिल्मको सुटिङ २५ प्रतिशत सकिएको बताइएको छ ।
फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
एक दशकअघि बनेको फिल्म ‘आँधी तुफान’को सिक्वेलको रूपमा यो फिल्म बन्न लागेको हो ।
 

Leave a Reply

%d bloggers like this: