Fri. Apr 26th, 2024

काठमाडाैँ । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘राधे : योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सलमानको स्टारडमलाई देखाइएको छ ।
एक्सन अवतारमा देखिएका सलमानको साथमा चलचित्रमा रणदीप हुड्डा र दिशा पटानीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यो वर्षको इदमा हल रिलिज गर्ने तयारीमा रहेको यो चलचित्र अब ओटिटी प्लेटफर्म मार्फत रिलिज हुने छ ।
सोही समयमा चलचित्र हलमा पनि प्रदर्शन गरिने भएको छ । कोरोनाका कारण सबै दर्शक हलसम्म नजाने भएर घरमै चलचित्र हेर्न चाहाने दर्शकका लागि पनि ओटिटी प्लेटफर्म मार्फत फिल्म रिलिज गर्न लागेको सलमानले जनाएका छन् ।
सलमानले सामाजिक सञ्जालमार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केही दिनयता भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि लकडाउन तथा कर्फ्युको अवस्था केही प्रान्तमा रहेपनि फिल्म घोषित मितिमै आउने बताइएको छ ।
यो चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Leave a Reply

%d bloggers like this: