Thu. May 2nd, 2024

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खुसीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँ–ठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकआपसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।
काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।
त्यसैगरी नेपाली फिल्म तथा अन्य कला क्षेत्रका कलाकारहरूले पनि आफू अनुकुल होली मनाएका छन् । उनीहरूले आफ्नो होलीको फोटो सामाजिक सञ्जालमा समेत अपलोड गरिसकेका छन् ।

Leave a Reply

%d bloggers like this: