Fri. May 3rd, 2024

काठमाडाैँ । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’को उपाधि प्रदान गरिएको छ । जनकपुरधामवासीले आइतबार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)लाई महामूर्खको उपाधी दिएका हुन् ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक श्रेष्ठ र आचार्यलाई(मह जोडी) दिइएको हो। उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ ।
जानकी मन्दिर प्रांगणमा आयोजित सम्मेलनमा सहभागी हुन कलाकारहरू मदनकृष्ण र हरिवंश आइतबार काठमाडौंबाट आएको मिनापका अध्यक्ष प्रमेश झाले बताए ।
मह जोडीले नै महामूर्खको उपाधि पाउँदा खुसी लागेको बताए । उनीहरूले जनकपूरवासीले देखाएको मायाप्रति आभार व्यक्त गरेका थिए ।

Leave a Reply

%d bloggers like this: