Thu. May 2nd, 2024

एजेन्सी । अभिनेता शाहरुख खान यतिबेला नयाँ फिल्म ‘पठान’ का कारण चर्चामा छन् । उनले दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । अहिले दुबईमा फिल्मको छायांकन भइरहेको छ । केही दिनयता यो फिल्ममा शाहरुखले बुझेको पारिश्रमिकको खबरले बलिउड तातेको छ । यसमा उनले सय करोड पारिश्रमिक पाएको चर्चा छ । बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र छन् ।
हालै फिल्म समीक्षक उमैर सन्धूले एक ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताएका थिए । यशराज ब्यानरमा बनिरहेको फिल्ममा काम गर्न निर्माता आदित्य चोपडासँग शाहरुखले सय करोड मागेका थिए । उनको माग निर्माण टिमले सहर्ष स्वीकार गरेको थियो । यद्यपि, यसबारेमा अहिलेसम्म निर्माण टिमले आधिकारिक जानकारी दिएको छैन ।
यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा अभिनेता सलमान खानको पनि केमियो रहनेछ । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् । उनले पछिल्लो पटक फिल्म ‘वार’ निर्देशन गरेका थिए । शाहरुखले ‘जीरो’ पछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘पठान’ लाई लिएर दर्शकमा उत्साह देखिएको छ ।

Leave a Reply

%d bloggers like this: