Thu. May 2nd, 2024

एजेन्सी । बलिउडका कलाकारलाई एकपछि अर्कोलाई कोरोना संक्रमण भइरहेको छ । आमिरलाई कोरोना भएको पुष्टि भएको केहि दिनपछि अर्को कलाकार आर माधवनलाई पनि कोरोना संक्रमण भएको छ ।
अभिनेताले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले सन् २००९ मा रिलिज भएको फिल्म थ्री इडियट्ससँग आफ्नो कुरा जोड्दै सबै कुरा ठिक भएको बताएका छन् । आफू तीब्र गतिमा यो रोगबाट निको भइरहेको आफ्ना शुभचिन्तकलाई सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

%d bloggers like this: