Sun. Apr 28th, 2024

एजेन्सी । विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका संस्थापक एलन मस्क विश्वका धनी व्यक्तिहरूको सूचीको दोश्रो स्थानमा खस्किएका छन् । टेस्लाको सेयर बजारमा गिरावट अाएसँगै मस्क दोश्रो स्थानमा खस्किएका हुन् ।
जनवरीको सुरूवाती दिनहरूमा प्रति शेयर ८८० अमेरिकी डलरसम्म पुगेको सेयरमा अहिले २० प्रतिशतको गिरावट आएको बिबिसीमा उल्लेख छ ।
मस्कले यसै हप्ता विट्क्वाइनमा १ अर्ब लगानी गरेका छन् । यसले पनि उनलाई दोश्रो स्थानमा झारेको बताइएको छ ।
विश्वका धनी व्यक्तिहरूको सूचीको पहिलो स्थानमा अमेजनका मालिक जेफ बेसोज नै पुगेका छन् । गएको एक हप्ता बेसोज दोश्रो स्थानमा परेका थिए ।

Leave a Reply

%d bloggers like this: