Thu. May 2nd, 2024

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले उनले नयाँ फिल्म ‘बच्चन पाण्डे’को रिलिज मिति सार्वजनिक गरेका छन् । अक्षयले शनिबार इन्स्टाग्राम मार्फत २०२२ को २६ जनवरीमा बच्चन पाण्डे हलमा रिलिज हुने जानकारी दिएका हुन् ।
उनले रिलिज मिति सहित नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अक्षय कुमारको पोस्टलाई अभिनेत्री कृति सेननले पनि सेयर गरेकी छन् ।
बुधबारदेखि यो फिल्मको सुटिङ सुरू भएको छ । अक्षय कुमार, कृति सेनन र ज्याक्लिन फर्नान्डेज यो फिल्म सुटका लागि जैसाल्मेर पुगेका छन् । मार्च सम्ममा यो फिल्मको सुटिङ सक्ने तयारी भइरहेको छ ।
फर्हाद सामिजको निर्देशनमा बन्ने फिल्ममा अक्षयले ग्यांगस्टारको भूमिका निभाउने छन् ।
 

Leave a Reply

%d bloggers like this: