Fri. May 17th, 2024

एजेन्सी । भारतको हरीद्वारकी श्रृष्टी गोस्वामी एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनेकी छिन् । राष्ट्रिय बाल दिवसको अवसरमा १९ वर्षीया श्रृष्टिले एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने साैभाग्य पाएकी हुन् ।
को हुन् श्रेष्टी गोस्वामी ?
श्रृष्टी भारतको बिएसएम कलेजमा कृषि विज्ञानमा साताैँ सेमेष्टरमा अध्ययनरत छिन् । उनी भारतको हरीद्वारस्थित दाैलतपुर गाउँमा बस्छिन् । उनका बुबा एक व्यपारी हुन् । श्रृष्टीले राज्यस्तका केही ठूला योजनाहरूमा काम गरिसकेकी छिन् । सन् २०१८ को मे मा उनी उत्तराखण्डको बाल विधान सभाको मुख्यमन्त्री समेत भएकी थिइन् ।
एक दिन मुख्यमन्त्री बन्दा के-के गर्दैछिन् श्रृष्टी ?
उनले जनवरी २४ अर्थात् आज दिनभरी राज्यभर सञ्चालन भइरहेका योजनाहरूको भ्रमण गर्नेछिन् । उनले आज भ्रमण गर्ने योजनाहरूमा आयुष्मान योजना, स्मार्ट सिटी प्रोजेक्ट र पर्यटन विभागले सञ्चालन गरेको होमस्टे योजनाहरू रहेका छन् ।
उत्तराखण्डका हरेक विभागहरूले मुख्यमन्त्रीका रूपमा श्रृष्टीका सामुन्ने ५-५ मिनेट विभिन्न योजनाहरूका बारेमा प्रस्तुति दिनेछन् । उत्तराखण्डको बाल अधिकार संरक्षण आयोगले यसबारे पत्र लेख्दै सबै विभागहरूलाई जानकारी गराइसकेको छ ।
मुख्यमन्त्रीको रूपमा १९ वर्षकी श्रृष्टीले कुनै निर्णय भने गर्ने छैनन् ।

Leave a Reply

%d bloggers like this: