Sun. Apr 28th, 2024

एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो ।
अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा रहेको घरमा नै हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।
नोभेम्बर महिनाको सुरूवाती दिनमा उनको मस्तिष्कको सफल सल्यक्रिया भएको थियो ।
सन् १९८६ मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा म्याराडोना अर्जेन्टिनाको कप्तान थिए । सोही विश्वकपमा म्याराडोनाले हातले गरेको गोल विश्वभर चर्चित छ । उनले खेल जीवनमा स्पेन र इटालीको क्लबबाट पनि व्यसायिक फुटबल खेलेका थिए ।
म्याराडोनाको मृत्युले अर्जेन्टिना पूर्ण रूपमा शोकमा डुबेको छ । विश्वभरमा खेलप्रेमीले उनको मृत्युमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले देशभर ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

Leave a Reply

%d bloggers like this: