Thu. Mar 28th, 2024

काठमाडौं । कोरोनाको कारणले दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसैले पनि हुनसक्छ, युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् ।
यस्तैमा ६ दिन पहिले अर्थात १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ले पनि राम्रो भ्यूज पाउन सफल भएको छ । फिल्मले ६ दिनमा २१ लाख बढी भ्यूज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
छठ पर्वको छेको पारेर रिलिज भएको फिल्मलाई ५० हजारले लाइक गर्दा करिब २१ सयले डिसलाइक गरेका छन् ।
दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा बाचन गरेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । फिल्ममा विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन्, भने निश्चलले नेगेटिभ भूमिका निर्वाह गरेका छन् ।
व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । ‘प्रसाद’को सफलतापछि यसको निर्माण टीम अहिले सिक्वेलको तयारीमा छ ।
सौरभ चौधरीको निर्देशन रहेने सिक्वेल सुभाष थापाले नै निर्माण गर्न लागेका हुन् । फिल्ममा विपिन, नम्रता र निश्चलकै अभिनय रहने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: