Sat. May 18th, 2024

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लेको छ । यसअघि हिजो भएको खेलमा सन राइजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा पुगेको थियो ।
दिल्लीले सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजय गरेको हो । सोमबार भएको यो खेल यो सिजनको आइपिएलको १९ औं खेल थियो । १ सय ९७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बैंगलोर १ सय ३७ रनमा नै अलआउट भयो । बैङ्लोरका कोहोलीले ४३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ दिल्लीका कागिसो राबाडाले सर्वाधिक चार विकेट लिए । चर ओभर बलिङ गरेका उनले २४ रन मात्र खर्चिएका थिए । त्यसबाहेक एनरिक नोत्र्जे र अक्षर पटेल दुवै जनाले दुई दुई विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाइ १९६ रन बनाएको थियो । उसका लागि मार्कस स्टोइनिसले २६ बलमा नै ५३ रन बनाएका थिए । बलिङतर्फ बैङ्लोरका मोहम्मद सिराजले दुई विकेट लिएका थिए । दिल्लीको पाँच खेलबाट आठ अंक भएको छ ।

Leave a Reply

%d bloggers like this: