Sat. May 18th, 2024

सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यो तेस्रो मुम्बईको जित हो । सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईको जित भएको हो । सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।
कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि हैदराबादलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए । मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २र२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए । केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २र२ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईको ५ खेलमा ६ अंक भएको छ ।

Leave a Reply

%d bloggers like this: