Sun. Jul 21st, 2024
एजेन्सी । बलिउडमा रूचाइएकी अभिनेत्री काजल अग्रवालको विवाह हुने भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारहरूका अनुसार काजलको विवाह अक्टोबर ३० तारिखमा हुने तय भएको छ ।
काजलले विज्ञप्ती नै जारी गरेर विवाह तय भएको जानकारी दिएकी छिन् । उनको विवाह भारतीय उद्यमी गाैतम कित्च्लुसँग हुने तय भएको छ । उनले सामाजिक सञ्जाल इन्टाग्राममा एक जानकारीमुलक विज्ञप्ती जारी गर्दै विवाह हुने कुराले उत्साहित भएको उल्लेख गरेकी छन् ।
काजलका हुनेवाला श्रीमान् गाैतम इन्टेरियर डिजायन तथा सोलुसन कम्पनी डिसर्न लिभिङका संस्थापक हुन् । काजलले बलिउडमा सिंघम, मगाधिरा तथा मिस्टर पर्फेक्ट जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन् ।
कोरोना महामारीका बीचमा विवाह गर्ने दक्षिण भारतीय अभिनेत्रीको सूचीमा काजल पनि समावेश भएकी छिन् । राना दगुकाटी, निखिल सिद्धार्थ तथा निथिनले पनि कोरोना कहरकै बेला विवाह गरेका थिए ।

Leave a Reply

%d bloggers like this: