Sat. May 18th, 2024

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरमा मुम्बईले बैंगलोरले बनाएको २ सय १ रन बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको बेंगलोरले एबीडी भिलर्स र शिवम दुबेको तुफानी ब्याटिंगमा २०१ रन बनाएको थियो । जवाफ ब्याटिंग गरेको मुम्बईका लागि अन्तिम ओभरमा १९ रन आवश्यक थियो। तर, १८ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि इशासन किशनले ५८ बलमा ९९ रन बनाएर टिमलाई जित नजिक पुर्याउँदा आउट हुन पुगे । त्यस्तै किरन पोलार्डले २४ बलमा ६० रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन् । मुम्बईलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक हुँदा इसरु उदानाको बलमा पोलार्डले चौका प्रहार गर्दै टाई गरेका थिए ।
त्यसपछि सुपर ओभरमा मुम्बईले ६ रनमात्र बनाउन सक्यो। नवद्वी सैनीले सुपर ओभरमा रन बनाउन नदिएपछि ७ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान विराट कोहली र एबीडी भिलर्सले अन्तिम बलमा विजयी रन बनाए । बैंगलोरको तीन खेलबाट चार अंक भएको छ। मुम्बईको तीन खेलबाट २ अंक मात्र छ ।

Leave a Reply

%d bloggers like this: