Thu. May 2nd, 2024

विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १ गतेदेखि ५ गतेसम्म काठमाण्डाै हुने भएको छ । महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन गरिनेछ ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक फिल्म, ३५ लघु फिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघु फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । ५५ देशका ६ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट ८० वटा फिल्म महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

महोत्सवमा कथानक फिल्म, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट फिल्महरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी नेपाली उत्कृष्ट फिल्मलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु फिल्मलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक फिल्मको मूल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । त्यस्तै वृत्तचित्र, लघु फिल्म तथा एनिमेटेड फिल्मको मूल्याङ्कनका लागि श्रीलंकाली फिल्मकर्मी अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा हुने महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: