Fri. May 17th, 2024

काठमाडौं– जोन योञ्जनको निर्देशन रहेको फिल्म ‘१२ सत्ताइस’ अाजबाट प्रदर्शनमा अाएको छ । निर्माण युनिटले माघ ३ गते अर्थात शुक्रबार यो फिल्म प्रदर्शनमा ल्याएका हुन् ।

समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ३ जना युवा बेरोजगारको कथामा बनेको हो ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म रेणु राना, दीपक खतिवडा र रुपक थापाले मिलेर बनाएका हुन् । मंसिर २७ रिलिज मिति तोकिएको फिल्मको प्रदर्श्न मिति सरेर माघ ३ गतेका लागि तय भएको थियो ।

Leave a Reply

%d bloggers like this: