Fri. Apr 26th, 2024

‘धडक’ फिल्मबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री जाह्नवी कपुरको हातमा कयौं प्रोजेक्ट्स छन् । जान्हवीले फिल्म ‘गुञ्जन सक्सेना’को सुटिङ करिब सकाइसकेकी छन् ।


ताजा रिपोर्टका अनुसार फिल्म ‘मिस्टर लेले’मा बरुण धवनको साथमा जाह्नवी देखिदैछन् । अहिलेको समय उनले अभिनेता कार्तिक आर्यनको साथमा फिल्म ‘दोस्ताना–२’मा काम गरिरहेकी छन् । यसैबीच जाह्नवीलाई ‘मिस्टर लेले’मा अभिनेता बरुण धवनको अपोजिटमा अफर गरिएको थियो ।

यो फिल्मको लागि जाह्नवीलाई अफर गर्नुपूर्व अर्की अभिनेत्री कियरा अडवाणीलाई अफर गरिएको थियो । तर, डेट इस्युका कारण कियराले फिल्मबाट हात झिकेकी थिइन्, त्यसपछि जान्हवीलाई अफर गरिएको हो ।

जाह्नवीको आगामी फिल्म ‘गुञ्जन सक्सेना’को कुरा गर्नुपर्दा फिल्ममा उनले एक फाइटर पाइलटको भूमिका निभाइरहेकी छन् । यो फिल्मको केही पोष्टर पनि सार्वजनिक भइसकेका छन् ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: