Fri. May 17th, 2024

कुनै समय प्रेम सम्बन्धमा रहेका हलिउड चर्चित गायिका सेलेना गोमेज र गायक जस्टिन बिबरका किस्साहरु अहिलेपनि यदाकदा चर्चामा आउने गर्दछ । सेलेना र जस्टिन एक समय विवाह गर्नेसम्मको स्थितीमा पुगेरपनि मनमुटाव बढेपछि अलग भए ।

पछिल्लो समय सेलेना गोमेज अमेरिकन म्युजिक अवार्डमा निकै छाएकी छिन् । त्यती मात्र नभई सेलेना अर्को एक कुराले पनि चर्चामा छिन् त्यो हो उनले खोपाएको ट्याटु र जस्टिन बिबरबीचको कनेक्सन । सेलेनाको बनाएको यस ट्याटुलाई लिएर धेरैले आशंका गरेका छन् । सेलेनाले देब्रे गोडामा खोपेको दुई हात जोडेको ट्याटु जस्टिनको खुट्टामा बनाएको ट्याटु दुरुस्तैै देखिन्छ । साथै जस्टिनले कुनै समय एक विज्ञापनका लागि हात जोडेर फोटोका लागि पोज दिएका थिए। ट्याटु ठ्याक्कै त्यस्तै छ।

सेलेनाले जस्टिनकै सम्झनामा उनकैजस्तो ट्याटु खोपेको यतिबेला अनुमान गर्न थालिएको छ। सेलेनाले जस्टिनलाई भुल्न नसकेको टिप्पणीहरु भइरहेका छन्।


सेलेनाले आफ्नो इन्स्टाग्राम मार्फत ट्याटु सार्बजनिक गर्दै भनेकी छिन् -‘मेरा सम्पूर्ण फ्यानलाई धेरै धन्यवाद मेरो पक्षमा साथ दिनुभएकोमा यो च्याप्टरलाई लिएर म उत्सुक छु ।’

news24nepal.tv

Leave a Reply

%d bloggers like this: