Fri. May 3rd, 2024

काठमाडौं- मोहम्मद अफ्ताव आलमको १२ वर्ष पुरानो मुद्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्। साथै उनले अब सर्वसाधारणको सुरक्षामा प्रहरी अझ निरन्तर लाग्नेछ भन्ने समेत प्रमाण गरिसकेका छन् ।

१२ वर्षदेखि देखेर पनि नदेखिएको जस्तो गरिएको एउटा जघन्य अपराधको पर्दाफास गर्दै अधियुक्तलाइ खोरमा पठाएका खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।

२०७५ वैशाख १२ मा रौटहट पुग्दा उनी जिल्ला नेतृत्वको अनुभव लिन पुगे । अनुभव लिन पुगेका उनले एक वर्ष पनि नबित्दै अनुभवको प्रथम श्रेणी बटुले । जिल्ला हाकेको अनुभव नभएका तर अनुसन्धानमा अनुभवी खत्रीलाई आलमको मुद्दालाई अघि वढाउन संगठित अपराध अनुसन्धानको अनुभवले ठूलो मद्दत गर्यो।

प्रहरीप्रति सर्वसाधारणको भरोसा कम भएकाले सुरक्षाको प्रत्याभूति दिलाउँदै साक्षीहरुलाई विश्वासमा लिनु कम चुनौतीपूर्ण थिएन। तर, त्यो चुनौतीपूर्ण काम उनले पूरा गरेका छन्।

गएको चैत अन्तिम हप्ताबाट सुरु अनुसन्धान ६ महिनापछि टुंगोमा पुग्दा ८५१ पेजको फाइल तयार भयो।

प्रमाण जुटाएर २६ असोजमा पक्राउका लागि पुगेका खत्रीलाई आलमले उल्टै हत्कडी लगाउने धम्की दिएका थिए। तर, उनले विचलित नभइ अनुसन्धान अघि वढाए।

यतिबेला आलम नक्खु कारागारमा बन्दी जीवन विताइरहेका छन्।

Leave a Reply

%d bloggers like this: