Thu. May 2nd, 2024

फिल्म ‘मारुनी’ को ट्रेलर रिलिज सोमबार भएको छ । अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेत्री रेविका गुरुङ मुख्य भुमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी छिन्। फिल्मको कथा निर्देशक नेपाल र गोविन्द फुयालको रहेको छ। फिल्मलाई संजय लामाले छायांकन गरेका छन् भने मित्र डि.गुरुङले सम्पादन गरेका हुन् ।

भदौ १३ गतेदेखि प्रदर्शन आउन लागेको फिल्म ‘मारुनी’मा पुष्प,साम्राज्ञी र रेविकासंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

 

Leave a Reply

%d bloggers like this: