Fri. May 17th, 2024

यहि श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको फिल्म साइनोले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साइनो हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भनेको छ ।
फिल्म साइनोले पिजी सर्टिफिकेट पाएपछि पनि निर्देशक रमेश थापाले फिल्म सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताए । उनले सेन्सर बोर्डको काम नै फिल्म हेरेर सर्टिफिकेट दिने भएकाले यसबारेमा केहि नबोल्ने बताए । तर उनले फिल्म साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली फिल्म भएको दाबी गरे ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । फिल्म साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: