Sun. Apr 28th, 2024

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ । २०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गितहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ ।
अवार्ड ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गित संगितको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: