Tue. Apr 30th, 2024

फिल्म ‘पोई पर्यो काले’ को छायांकन सम्पन्न भएको छ । शिशिर राणाको लेखन तथा निर्देशन फिल्ममा रहेको छ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । शिव ढकालको छायांकन रहने फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी छ ।
तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको फिल्ममा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा छन् । फिल्म कात्तिक ८ गतेबाट प्रदार्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: