Sat. May 18th, 2024

फ्राइडे रिलिज अन्तर्गत आज नेपाली फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । यसका साथै हलिउड फिल्म शाजम र २ महिना अगाडी नै अन्य देशमा प्रदर्शन भैसकेको फिल्म क्याप्टेन मार्बल समेत प्रदर्शनमा आएका छन् ।
फिल्म ‘लभ स्टेसन’ मा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ को मुख्य भूमिका रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

Leave a Reply

%d bloggers like this: