Sat. May 18th, 2024

फ्राइडे रिलिज अन्तर्गत चैत २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको चलचित्र लभ स्टेशनले एैतिहासीक प्रदर्शन गरेको छ । नेपाली चलचित्र जगतमै सबैभन्दा धेरै प्रदर्शन हल पाएसँगै यो फिल्म एैतिहासिक प्रदर्शन गरेको हो ।

सुपरस्टार प्रदिप खड्का र जसिता गुरूङको अभिनय रहेको फिल्म लभ स्टेशनले नेपालभर १०४ वटा हल पाएको छ भने मल्टिप्लेक्समा पनि थामिनसक्नु उपस्थिति रहेको छ । यो चलचित्रको प्रमोशनमा पाएको फ्यानको उत्साहपूर्ण उपस्थितिले फिल्मले नेपाली चलचित्रले धमाका मच्चाउँने विश्वास गरिएको थियो भने पहिलो दिनमा हलमा देखिएको क्रेजले यसलार्इ विश्वस्त पारेको छ ।
अाज यो फिल्म चलेका  सबै हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो भने सबै तिर हाउसफुल समेत रहेको थियो ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
 

Leave a Reply

%d bloggers like this: