Sat. May 4th, 2024

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् ।

प्रमोसनको क्रममा ‘लभ स्टेसन’ टिमले बुधवार राजधानीको विभिन्न स्थानमा कन्सर्टहरू आयोजना गरेको थियो । गोङ्गबु, सुर्यबिनायक, लगनखेल लगायतको स्थानमा लभस्टेशन टिमले दर्शकसँग साक्षात्कार गर्दै कसन्र्ट गरेको थियो । कन्सर्टमा चलचित्रका मुख्य कलाकार प्रदीप र अभिनेत्री जसिता गुरुङको साथमा गायक प्रताप दासले गीत गाएर दर्शक झुमाएका थिए ।

Leave a Reply

%d bloggers like this: