Sat. May 18th, 2024

यही २२ चैत शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा ‘लभ स्टेशन’का तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफल पछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाके ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहिबार काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले गरेको छ ।
लिली बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै चलचित्र लभ स्टेशनमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
गत साता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्ण स्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्ना सहित ३ महिनाको बिधालय शुल्क, बारा जिल्लाका हुरी बतास पीडितलाई सोमबार ५० हजार रुपैयाँ प्रदान गरिसकेका छन् । दुबै हात गुमाएकी मेघा घिमिरेलाई प्रदीप खड्का र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकेको यो टिमले क्रिकेट मैदान निर्माणका लागि यो सहयोग प्रदानसँगै थप सहयोगको घोषणा बिहिबार गरेका हुन् ।
 

Leave a Reply

%d bloggers like this: