Sat. May 18th, 2024

आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना प्रति अभिनेता प्रदीप खड्का र फिल्म लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।
हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् ।
उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको फिल्म लभ स्टेशन २२ चैतबाट देशव्यापी प्रदर्शन हुँदैछ । फिल्ममा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: