Sat. May 18th, 2024

प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ चैत २२ गते प्रर्दशन हुँदैछ । ‘लभ स्टेशन’ टिम यतिबेला प्रचार प्रसारको क्रममा रहेको छ ।
पछिल्लो समय प्रदर्शनमा आइरहेका फिल्मलाई लगानी उठाउन समेत सकस परिरहेको अवस्थामा ज्योतिष अर्जुन क्षेत्रीले यो फिल्मले लगानीको ५ गुणा बढि व्यापार गर्ने दाबी गरेका छन् । उनले भने, ‘मैंले यो फिल्म पुरै हेरिसकेको छु । मैंले यतिकै हचुवाको भरमा भनेको होइन । फिल्मको पुरै अध्ययन गरेको छु । यो फिल्ममा सबै मसला रहेको छ । साउथ इन्डियन फिल्म जस्तो बनेको छ । फिल्म निकै माथिल्लो लेबलको बनेको छ । फिल्मले यति कमाउछ नभने पनि यति ठोकुवाको साथ भन्न सक्छु । यो फिल्मले लगानीको पाँच छ गुणा बढी कमाउँछ ।’ उनले लभ स्टेसनले छक्का पन्जाको रेकर्ड ब्रेक गर्न सक्ने समेत बताए । उनले भने, ‘यो फिल्मले नेपाली फिल्म क्षेत्रमा तहल्का मचाउँछ । यसले छक्का पन्जा ३ को रेकर्ड समेत ब्रेक गर्न बेर लाउँदैन । छक्का पन्जाको रेकर्ड बे्रक नगरे पनि त्यो लेवल सम्म पुग्छ ।’
लभ स्टोरी फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ । उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।
प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ चैत २२ गते प्रर्दशन हुँदैछ । लभ स्टेसन टिम यतिबेला प्रचार प्रसारको क्रममा रहेको छ ।
 
 

Ramailochha.com

Leave a Reply

%d bloggers like this: