Fri. Apr 26th, 2024

काठमाडौं । फिल्म ‘द म्यान फ्रम काठमाडौं’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘किच किचे माया’ गीतको भिडियो रिलिज भएको हो । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु कर्मा शाक्य र आना शर्माले फिचरिङ गरेका छन् ।
सार्वजनिक गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको आवाज रहेको छ । भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् ।
यता फिल्मलाई भने पेमा डोण्ढुपले निर्देशन गरेका हुन् । नकिम उद्दिन र पेमाको लगानी रहरेको यो फिल्ममा आना शर्मा र कर्माको साथमा बलिउड कलाकार गुल्सन ग्रोबर, जोस मानुइल लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: