Sat. May 18th, 2024

काठमाडौं, पुस २६
स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ३ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज अन्तिम ३ खेल हुन लागेका हुन् । यी खेल सकिएपछि दोस्रो लेगका खेल बाँकी हुनेछन् ।
आज हुने ३ वटै खेलमा बलिया टोलीको खेल हुँदैछ । पहिलो खेलमा राति १२ः१५ बजेबाट एथ्लेटिक बिल्बाओ र सेभिल्ला बिल्बाआको घरमा भिड्दैछन् । हाल ला लिगामा बिल्बाओ १७औं स्थानमा छ भने सेभिल्ला तेस्रो स्थानमा छ ।
त्यसपछि आज हुने दोस्रो खेलमा राति १ः१५ बजेबाट रियल बेटिस र रियल सोसिडाड भिड्दैछन् । यो खेलका लागि सोसिडाड बेटिसको घरमा उत्रिँदैछ । हाल लिगमा बेटिस छैटौं र सोसिडाड ११औं स्थानमा छ ।
आज हुने अन्तिम खेलमा राति २ः१५ बजेबाट लेभान्टे र बार्सिलोना भिड्दैछन् । यो खेलका लागि बार्सिलोना लेभान्टेको घरमा उत्रिँदैछ । हाल लिगमा बार्सिलोना शीर्ष स्थानमा छ भने लेभान्टे १०औं स्थानमा छ ।
आज हुने खेलमध्ये सबैभन्दा केन्द्रमा लेभान्टे र बार्सिलोनाको खेल हुनेछ । लेभान्टे त्यही टोली हो, जसले गत सिजन बार्सिलोनालाई ला लिगको ३७औं खेलमा आफ्नो घरमा ५–४ को हार चखाएको थियो ।
यी दुई टोली ला लिगामा गत डिसेम्बर १७ मा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई उसकै घरमा ०–५ ले हराएको थियो । बार्सिलोना सोही टोलीविरुद्ध आज उसकै घरमा उत्रिँदैछ ।

Leave a Reply

%d bloggers like this: