Sat. May 18th, 2024

काठमाडौं, पुस २५
स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ४ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज जम्मा ४ खेल हुन लागेका हुन् ।
अघिल्लो दिन एक खेल भइसकेको छ । आज ४ खेल भएपछि अर्को दिन ३ खेल भएर पहिलो लेगका खेल सकिनेछन् ।
यो नकआउट प्रतियोगिता भएकाले हरेक चरणमा होम एन्ड अवे गरी २ खेल हुनेछन् । जसमा समग्रमा जित निकाल्ने टोली अघिल्लो चरण पुग्छ ।
यदि दुवै लेग सकिँदा खेल बराबर भए अवे गोल निर्णायक बन्छ । अवे गोल पनि र्निाायक बने पेनाल्टीबाट खेलको नतिजा लिइन्छ ।
आज हुने पहिलो खेलमा जिरोना र एथ्लेटिको मड्रिडको खेल हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२ः१५ बजेबाट जिरोनाको घरमा हुनेछ ।
अर्को खेलमा राति १ः१५ बजेबाट गेटाफे र भाल्लाडोलिड खेल्नेछन् । यो खेल गेटाफेको मैदानमा हुनेछ । त्यस्तै, तेस्रो खेलमा भिल्लारियल र इस्पान्योल भिड्नेछन् । राति १ः१५ बजेबाट हुने यो खेल भिल्लारियलको मैदानमा हुनेछ ।
आज राति हुने अन्तिम खेलमा रियल मड्रिड र लेगानेस भिड्दैछन् । यो खेल रियलको घरेलु मैदानमा राति २ः१५ बजेबाट हुनेछ ।
रियल पछिल्लोपटक ला लिगामा आफ्नै घरमा रियल सोसिडाडसँग ०–२ ले हारेको थियो । त्यसअघि रियल अवे मैदानमा भिल्लारियलसँग पनि २–२ को बराबरीमा रोकिएको थियो ।
तसर्थ, आज कोपाअन्तर्गत हुने खेलमा पनि रियल निकै दबाबमा हुनेछ । आफ्नो खराब अवस्था सुधार्न रियलका लागि यो खेल महत्त्वपूर्ण हुनेछ ।

Leave a Reply

%d bloggers like this: