Mon. May 6th, 2024

कन्नड फिल्म ‘केजीएफ’ (KGF) ले उत्कृष्ट सफलता हाँसिल गरिहरेको छ । यो फिल्मले विश्वमा २०० करोड भन्दा बढीको बक्स अफिसमा कमाई गरिसकेको छ । यस एकशन ड्रामा फिल्ममा साउथको सुपरस्टार यश लिड रोलमा छन् । अभिनेता यशले आज आफ्नो ३३ औं बसन्तको जन्मदिन पनि मनाइरहेका छन् ।
जन्मदिनको अवसरमा आफ्नो फिल्मले २०० करोड भन्दा बढीको ब्यापार गर्नु कुनै ठूलो उपहार भन्दा कम छैन । रिपोटर्सका अनुसार यो फिल्मले विश्वभर २०१ करोड भन्दा बढी कमाई गरिसकेको छ । यशको केजीएफले हिन्दी भर्सनको शाहरुख खानको ‘जीरो’लाई राम्रो च्यालेञ्ज दिएको छ । अर्को तर्फ रणवीर सिंह र साराअलि खानको फिल्म ‘सिम्ब’को सामुन्ने पनि यो फिल्मले राम्रो कमाइगरिरहेको छ ।
कन्नड फिल्मको इतिहासमा यो फिल्म एक स्तम्भ जस्तै उभिरहेको छ । ट्रेड एनालिष्ट तरण आदर्शले यो फिल्मको बक्स अफिस कलेक्शनको फ्रेस आँकडा सार्वजनिक गरेका छन् । यो फिल्मको हिन्दी भर्सनको कुरा गर्नुपर्दा अहिलेसमम ३७.२० करोड भन्दा बढी ब्यापार गरिसकेको छ । पहिलो साता २१.४५ करोड, दोस्रो साता ११.५० करोडको ब्यापार गरेको थियो ।
त्यस्तै तेस्रो साता ४.२५ करोडको ब्यापार गरेको छ । अझैँ पनि फिल्मले राम्रो ब्यापार गरिरहेको छ । तरणले युएसको आँकडालाई पनि सार्वजनिक गरेका छन् । फिल्मले १६ दिनमा ५.३१ करोडको ब्यापार गरेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: