Sun. Apr 28th, 2024

काठमाडौँ । नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । यो फिल्ममा अभिनेत्री भने पूजा शर्मा छिन् ।
सुदर्शन थापाको निर्देशन रहने यो फिल्ममा दोस्रो पटक पूजा र आकाश एकसाथ देखिन लागेका छन् । यसअघि ‘रामकहानी’मा एकसाथ देखिएको यो जोडीलाई दर्शकले धेरै नै मायाँ दिएका थिए । र उनीहरुको निकै चर्चा पनि चलेको थियो ।
‘सम्हालिन्छ कहिले मन’मा आकाश अघि अर्का अभिनेता सोनम तोप्देन अनुबन्धित भइसकेका छन् । तोप्देन यो फिल्मबाट डेव्यु गर्दैछन् र फिल्ममा उनैको गीतपनि समावेश हुनेछ ।

Leave a Reply

%d bloggers like this: