Sun. Apr 28th, 2024

काठमाडाैं ।
टलिउड सुपरस्टार महेश बाबू मुश्किलमा फसेका छन् । जीएसटी अधिकारीहरुले उनको २ बैंक खाता सिल गरेका छन् । मिडिया रिपोर्टका अनुसार, जीएसटी अधिकारीले २००७-०८ को ट्याक्स नभरेको भन्दै उनको बैंक खाता सिल गरेका हुन् । उनले भारु १८ लाख ५ हजार रुपैयाँको सर्भिस ट्याक्स भुक्तानी गरेका छैनन् ।
उनले लामो समय ट्याक्स नभर्दा १८ लाख ५ हजारको अब ७३ लाख ५ हजार जीएसटी पुगेको छ । महेश बाबूले ब्रान्ड एम्बेसडर, फिल्ममा अभिनय र उत्पादनको प्रचारबाट प्राप्त रकमको जीएसटी नभरेको बताइएको छ । जीएसटी विभागले बिहीवार बाबूको एक्सिस बैंक र आईसीआईसीआई बैंक खाता सिल गरेको छ ।
भारु ७३ लाख ५ हजार रुपैयाँका लागि जीएसटी अधिकारीले उनको बैंक खाता सिल गरेका हुन् । यसमा कर, ब्याज र जरिवाना सामेल छ । जीएसटीका एक अधिकारीले भनेका छन्, ‘हामीले बैंक खाता सिल गरेर भुक्तानी सुरु गरेका छौं । बिहीवार एक्सिस बैंकबाट ४२ लाख मिलेको छ । आईसीआईसीआई बैंकले शुक्रवार भुक्तान गर्दैछ ।’
अभिनेता महेश बाबूको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको पछिल्लो रिलिज फिल्म ‘भारत अने नेनू’ हो । फिल्मले बक्सअफिसमा सानदार कमाई गरेको थियो । अहिले उनी नयाँ फिल्म ‘महर्षि’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री पूजा हेगडे छिन् ।
उनी नामी तेलुगू एक्टर हुन् । टलिउडमा सबैभन्दा बढी कमाई गर्ने हिरोको लिस्टमा सामेल छन्, उनी । उनको कुल सम्पत्ति १४० करोड छ । एक फिल्मबाट महेशले १८ देखि २० करोड लिने गरेको भारतीय मिडिया बताउँछन् । उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो ।

Leave a Reply

%d bloggers like this: