Mon. May 13th, 2024

काठमाडाैं ।
मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे ।राज घराना शैलीमा सम्पन्न उक्त विवाहको रिसेप्सनमा पुगेका प्रधानमन्त्री मोदीले बधाइ दिंदै प्रियंका र निकसँग तस्बिर खिचाएका थिए ।
प्र‍ियंका चोपडा र निक जोनसले मंगलवार द‍िल्लीमा पहिलो र‍िसेप्शन पार्टी दिएका थिए । प्रियंका र निकको विवाह २ रीतिले गरिएको थियो ।एक हिन्दु रीत र अर्को क्रिश्चीयन रीत, क्रिश्चीयन रीतबाट गरिएको विवाहको र‍िसेप्शनमा सबैभन्दा पहिले प्रियंका र निकको आमाहरुले आफ्नो भनाइ राखेका थिए त्यसपछि परम्परागत गीतमा नाचेका थिए । नाचपछि क्रिश्चीयन चलनअनुसार जोडीले केक काटेका थिए ।
प्रियंका र निकले विवाहमा काटेको केकले यतिखेर सामाजिक संजालमा चर्चा पाइरहेको छ कारण केक १८ फिट लामो थियो र यो निकको ब्यक्तिगत सेफले तयार पारेका थिए ।
बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी ३६ बर्षिया नायिका प्रियंका चोपडाको आफु भन्दा १० बर्ष कम उमेरका हलिउड गायक निक जोनससँग यसै वर्षको शुरुमा इन्गेजमेन्ट भएको थियो।

Leave a Reply

%d bloggers like this: