Mon. May 13th, 2024

मुम्बाई ।
बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी भारतीय संचार माध्यमहरुले बताएका छन् ।
सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्किएको उनका श्रीमान गोल्डी बेहलले बताए । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताएका छन् ।
करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताए ।
यस अवधिमा सोनालीप्रति सबैले देखाउनु भएको माया र समर्थनको लागि बेहले धन्यवाद दिए । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए ।
न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताए।
अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताए ।

Leave a Reply

%d bloggers like this: