Sun. May 12th, 2024

काठमाडौं ।
मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी ‘मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया विधामा अवार्ड आफ्नो पोल्टामा पार्न सफल बनेकी छन् । मेक्सिको र केन्याका सुन्दरीलाई पछाडी पार्दै मिस वर्ल्डको आधिकारीक फेसबुक पेजमार्फत श्रृंखला खतिवडाले ‘मल्टिमिडिया’ विद्यामा उपाधी हात पार्न सफल भएकी जानकारी गराइएको छ ।
‘मल्टिमिडिया अवार्ड’ पाएसँगै श्रृंखलाले मिस वर्ल्ड–२०१८ को फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् । अडियन्सको सहभागीता, प्रभाव र विषयवस्तुको सिर्जनात्मकताको आधारमा यो अवार्ड दिइने गरिन्छ ।
यसका साथै आजकै प्रतिस्पर्धामा ‘टुरिजम भिडियो च्यालेन्ज’ विधामासमेत श्रृंखला उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन् । तर, सो प्रतिस्पर्धामा मिस केन्याले अवार्ड हात परेकी छन् ।

Leave a Reply

%d bloggers like this: