Mon. Apr 29th, 2024

काठमाडाैं । 
गोविन्द शाही तथा काफिया फिल्मस्द्वारा निर्मित चलचित्र ” लिलि बिलि  “बाट सफलताको उच्च शिखरमा पुगेकी नायिका जसिता गुरूङले अाफुलार्इ अफर अाएका कयाैँ फिल्मलार्इ अस्वीकार गरेको बताएकी छिन् । अाज भएको छोटो संवादमा उनले यस्तो बताएकी हुन् ।
अाज भएको कुराकानिमा उनले अाफुलार्इ छक्का पञ्जा ३ जस्ता सफल फिल्महरूबाट पनि अफर अाएको उनले बताएकी  छिन् । तर उनले यो फिल्मलार्इ समेत समय अनुकुल नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यस्तै उनले नवल नेपालद्वारा अाएको र अनमोल  केसी अभिनीत फिल्म  क्याप्टेनबाट अाएको अफर समेत अस्वीकार गरेको बताएकि हुन् ।
यी सबै कुराहरूलार्इ हेर्दा उमेरले सानै भएपनि पूर्ण रूपमा परिपक्वता लुकेको देख्न पाइन्छ । यतिका फिल्म अस्वीकार गर्नुको कारणबारे बताउँदै उनले भनिन्, ” मैले दर्जनाैँ फिल्म खेलेको छु भन्दैमा यसको अर्थ यो होइन कि हरेक फिल्मबाट मलार्इ अात्मसन्तुष्टि प्राप्त हुन्छ । अाफुलार्इ मन परेको कथाको फिल्म खेल्यो भने अभिनयले सहि दिशा समाउँछ र अाफुलार्इ अझ लोकप्रिय बनाउँदछ ।  ” यस वाक्यले नै बताउँछ की उनि थोरै  फिल्ममा अभिनय गर्छिन् तर जब फिल्म रिलिज हुन्छ , सबै दर्शकको ध्यान अाँफै तिर तान्ने गरी बाहिर अाउँछिन् ।
कुराकानिकै क्रममा उनले अब अाँफुले वर्षमा सिमित फिल्म मात्र खेल्ने सोँच बनाएको र त्यसकै लागि गृहकार्यमा लागेको समेत खुलासा गरेकी छिन् । अब उनलार्इ दर्शकहरूले गोविन्द शाहीकै फिल्म ” लभ स्टेशन “मा देख्न पाउँनेछन् ।

Leave a Reply

%d bloggers like this: