Thu. May 2nd, 2024

काठमाडाैँ ।
चलचित्र ‘अनुग्रह’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउदै छ । प्रदर्शन मिति घोषणासँगै यस चलचित्रको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुवबाट सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका प्रमुख पात्रहरु सबै फिर्चड छन् जहा मातापिताको सन्तान प्रतिको माया ,प्रेम र सदभावलाई देखाउन खोजिएको छ ।
चलचित्रमा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, दीपशिखा सिलवाल लगायतका कलकारहरुको अभिनय छ । एल.भी. सिने मेकर्स र अनुराग फिल्म्सको प्रस्तुती रहेको चलचित्रलाई कुमार केसीले निर्देशन गरेका छन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, सन्तोष खवासको निर्माण , शंकर थापाको संगीत तथा पदम तामाङको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

%d bloggers like this: