Mon. May 6th, 2024

काठमाडाैं ।
चलचित्र ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति मंसिर २८ गतेलाई तोकिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित यस चलचित्र सामाजिक प्रेमकथामा निर्माण भएको छ । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतम लगायतका कलाकारले अभिनय छ ।
चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन् । चलचित्रमा किरण नेपालीको निर्माण, सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत, जयराम थापाको छायांकन, श्याम कुवरको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन , श्रीकृष्ण परियारको कोरियोग्राफी र निर्देशक राजबहादुर सानेकै कथा रहेको छ ।

Leave a Reply

%d bloggers like this: