Tue. May 14th, 2024

काठमाडाैं ।
गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ‘काल मेरो साथी’ सार्वजनिक गरेका छन् । ‘पखेटा र मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनले छोटो चलचित्र निर्देशन गरेका हुन् ।
मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले लेखनमा साथ दिएकी छिन । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यो चलचित्रमा रुपेश खड्काको सम्पादन छ भने निकेश खड्काले चलचित्रको निर्देशन गरेका हुन् । यसमा कालसँगको भेटलाई देखाइएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निर्देशक खड्काले म्यूजिक भिडियो भन्दा केही फरक शैलीमा यो छोटो चलचित्र तयार पारेको बताए ।

Leave a Reply

%d bloggers like this: