Mon. May 20th, 2024

काठमाडाैं ।
लगभग २ महिनाको लगातार सुटिङ पश्चात् फिल्म ” लभ स्टेशन “को काम अन्तिम चरणमा पुगेको छ । फिल्मका निर्माता गोविन्द शाहीले फिल्म सुटिङको काम लगभग सकिएको र काठमाडाैं फर्किने तयारी गरिरहेको बताएका छन् ।

प्रदिप खड्का र जसिता गुरूङ नायक नायिका रहेको फिल्म पूर्ण रूपमा भारतमा सुटिङ भएको छ । निर्माता शाहीका अनुसार  फिल्म दार्जिलिङ , कालिङपोङ र फिक्कल जस्ता रोमान्टिक स्थानमा सुटिङ भएको छ ।

अभिनेता प्रदिप खड्काले यो चलचित्र आफ्नो करिअरकै सवैभन्दा राम्रो चलचित्र हुने अपेक्षा राखेको बताए । उनले भने, ‘हुन त यो प्रेम कथा हो, तर प्रेमभित्रको प्रेमलाई निकै भिन्न शैल्रीमा दर्शकले हेर्न पाउनुहुनेछ ।’

लिलीबिलीबाट प्रदीप र  जसिताको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडी उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका लभ स्टेशनबाट पुन आँउदैछन् ।

Leave a Reply

%d bloggers like this: