Sun. May 19th, 2024

काठमाडाैं ।
पछिल्लो केही दिनदेखि साथ देखिएको बलिउडको एक लभ कपल चाँडै विवाहको मिति घोषणा गर्ने तयारीमा छन् । अहिलेसम्म मिडियासँग लुकामारी गर्दै आएका लभ बर्ड्स मलाइका अरोडा र अर्जुन कपूर चाँडै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।
केही दिन अगाडि जब इटलीमा मलाइकाको जन्मदिन सेलिब्रेट गरेर यो जोडी मुम्बई फर्किए तब उनीहरुलाई हातमा हात थाम्दै क्याप्चर गरिएको थियो । तबदेखि यो जोडी चर्चाको शिखरमा छ । आजकाल हरेक कार्यक्रम तथा पार्टीमा मलाइका र अर्जुन एकसाथ देखिन थालेका छन् ।
इन्डिया टुडेको एक खबर अनुसार, उनीहरु चाँडै आफ्नो विवाहको औपचारिक घोषणा गर्दैछन् र अर्को विवाह बन्धनमा बाँधिनेछन् । गएको मंगलवार मलाइकालाई आफ्नो ब्वाईफ्रेण्डसँग एयरपोर्टमा स्पोट गरिएको थियो । दुबै इटलीबाट मलाइकाको ४५ औं जन्मदिन सेलिब्रेट गरेर फर्किएका थिए ।
उनीहरुको एउटै फ्लाइटबाट यात्रा थियो । तर, जब दुई मुम्बईमा उत्रिए, तब उनीहरुले फ्यानको भीड र मिडियाबाट बच्नका लागि अलग अलग गेटबाट एग्जिट लिएका थिए । उनीहरुले केही दिन अगाडि एक टिभी शोमा हात समातेर ईन्ट्री लिएका थिए भने रियलिटी टिभी शो ‘इन्डियाज गट ट्यालेन्ट ८’ मा एकसाथ डान्स गरेका थिए ।

Leave a Reply

%d bloggers like this: