Mon. May 20th, 2024

बुटवल ।
लायन्स क्लब अफ मनिग्रामले “एक्स्पोर्ट लायन्स नाईट – २०७५” अायाेजना गर्ने भएकाे छ । कार्यक्रम अाउँदाे शुक्रबार राष्ट्रिय रुपमा चर्चा बटुलेका कलाकारहरुको साथमा सुरू हुँदैछ ।
रुपन्देहीको कोटीहवामा रहेको टाइगर प्यालेस रिसाेर्टमा गर्न लागिएकाे उक्त कार्यक्रममा हास्यकलाकार जिग्री (कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) अनि सुबाेध गाैतम हुनेछन् । साथमा युवा हरुको मन जीत्न सफल अर्का गायक नबीन के भट्टराई र उनकाे ब्याण्ड हुनेछ ।
कार्यक्रम बेलुका ५ बजेबाट सुरू हुनेछ । मिडिया पार्टनर न्यूज २४ रहेकाे साे कार्यक्रमलार्इ टुबोर्ग, रुस्लान, पाठक सिमेन्ट, अरूण फुड, साईन रेसुङ्गा बैंक लगायतले सहयोग गरेका छन । कार्यक्रम सन्चालन भने चर्तीत पत्रकार तथा सफल उद्घोषक मदन खनालले गर्नेछन भने उनलार्इ रेशम न्यौपानेले साथ दिने छन् ।

Leave a Reply

%d bloggers like this: