Fri. May 3rd, 2024

मुम्बई ।
बलिउड खभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै पहिले देखि हुँदै आएको छ । तर विहे हुने समय भने तोकिएको थिएन ।
अब भने उनीहरुबीच अर्को महिना बिहे हुने पक्का भएको छ । दीपिका र रणवीरको बिहे हुने मिति तोकिएको कार्ड सामाजिक सञ्जालमा शेयर गरेपछि उनीहरुबीच १४ नोभेम्वरमा बिहे हुने पुष्टि भएको छ।
उनीहरुले आफ्ना फ्यानलाई समेत सरप्राइज दिएका छन्। उनीहरुबीच हुन लागेको बिहेको बारेमा जानकारी गराउन पाउँदा निकै खुसी भएको र परिवारको आर्शिवादले १४ र १५ नोभेम्वरका दिन बिहे तय भएको उक्त कार्डमा लेखेको छ ।
कार्डमा बिहे कुन स्थानमा हुने भन्ने उल्लेख भने गरिएको छैन्। दिपिका र रणवीरलाई आलिया भट्ट, करण जौहर अभिषेक बच्चनले सामजिक संजालमार्फत बधाइ दिएका छन् ।

Leave a Reply

%d bloggers like this: