Wed. May 15th, 2024

काठमाडाैं ।
नेपालबाट प्रदर्शनको दुई हप्तामा साढे ४ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुँदैछ । विदेशमा सर्वाधिक डिमान्ड रहेको फिल्मले अष्ट्रेलियाबाट विदेश प्रदर्शनको आरम्भ गर्ने भएको छ ।
फिल्मलाई अष्ट्रेलिया भित्र्याउने एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो प्रदर्शन ११ अक्टोबरमा एडिलेटमा हुनेछ । यस्तै, १२ अक्टोबरमा सिड्नीको बरउड रहेको इभेन्ट सिनेमामा हुने तय भएको छ ।
फिल्मको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतका सहरहरुमा पनि शो हुने उप्रेतीले बताए । फिल्मको प्रदर्शनमा सहभागी हुन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर उपस्थिति हुने कार्यक्रम छ ।
रेनाशा वान्तवा राई निर्देशित फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ ।

Leave a Reply

%d bloggers like this: