Wed. May 15th, 2024

काठमाडाैं ।
चलचित्र ‘चङ्गा चेट’को नयाँ अफिसियल पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रको फरक डिजाइनको पोस्टरमा चलचित्रका अधिकांश कलाकारहरू अटाएका छन् ।
प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, शिशिर बाङदेल लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ।चलचित्रको पहिलो गीत ‘गोजीमा दाम छैन’ बोलको गेट युट्युबमा ९० लाख पटक भन्दा बढी हेरिएको छ।
चलचित्रको दोस्रो गीत ‘ढल्की ढल्की’ ले पनि दर्शकको राम्रो साथ पाइरहेको छ. डार्क कमेडी जनरा बताइएको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका छन् । प्रदीप भारद्वाजको कथा, अर्जुन पोख्रेलको सङ्गीत, निरक कडेलको छायाङ्कन रहेको चलचित्र कार्तिक १६ गतेबाट रिलिज हुँदैछ। चलचित्रको ट्रेलर आइतबार रिलिज हुदैँछ ।

Leave a Reply

%d bloggers like this: